कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हतियार प्रहार गरी एक युवाकको हत्या

देवनारायण साह

सिरहा — अज्ञात समूहले माडर बजारस्थित रामजानकी मन्दिरमा धारिलो हतियार प्रहार गरी एक युवाको बुधबार बिहान हत्या गरेको छ । खिरौना ३ का २६ वर्षीय सुवोधकुमार दासको हत्या भएको प्रहरीले जनाएको छ ।


टाउकोको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी घाइते दासको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक रामकृपाल साहले बताए ।
दास भारतको जयनगरमा बस्दै आएकी आफ्नी फुफू कहाँबाट आउने क्रममा माडर बजारस्थित रामजानकी मन्दिरमा साथिहरुसँग बिहिबार राति बसेको प्रहरी उपरीक्षक साहले बताए ।
दासको आफ्ना साथिहरुसँग भएको विवादमा धारिलो हतियार प्रहार गरेर घाइते बनाएको उनले भने । मन्दिरमा बस्नेहरु लागु औषध सेवनकर्त्ताहरु भएकोले हत्याराहरु चाडै पक्राउ पर्ने बताए । उनले लागुऔषधको कारणले दासको हत्या भएको हुन सक्ने आशंका व्यक्त गरे ।
उक्त घटनाको छानबिनका गर्ने क्रममा मन्दिरका महन्थ रामपरीक्षण दासलगायत ३/४ जनालाई नियन्त्रणमा लिएको उनले भने । महन्थ भारतीय नागरिक भएको र उनी अपराधी पृष्ठभूमीको भएकोले आपmनो छोराको हत्यामा उनको संलग्नता हुन सक्ने दासको बुवा भोला दासले आशंका व्यक्त गरे ।
चार दिन अघि कृष्णपुर ६ का रामचन्द्र यादवको पनि अज्ञात समूहले हकपाडा ६ मा हत्या गरेको थियो । उत्तः घटनामा प्रहरीले हालसम्म कसैलाई समात्न सकेका छैनन् ।

 

प्रकाशित : पुस १६, २०७१ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?