१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अपनत्व नहुँदा सरकारी शिक्षा कमजोर

धनकुटा — सरकारका मुख्य सचिव लीलामणि पौडेलले शिक्षाका साझेदारहरुले अपनत्व महसुश नगरेकैले सरकारी विद्यालयको उपलब्धी र गुणस्तर खस्कदै गएको बताएका छन् ।


धनकुटाको चुलीवनमा निर्मित पूर्वाञ्चल क्षेत्रीय निजामति आवासिय विद्यालयको भवन उद्घाटन कार्यक्रममा पौडेलले विद्यामान शिक्षा नीतिलाईनै समयानुकुल परिमार्जन गर्दै इमानदारीताका साथ सबै लाग्ने हो भने सरकारी विद्यालयको घट्दो साख माथि उठाउन सकिने बताए ।
उनले भने, 'शिक्षाका अधिकारी, विद्यालय ब्यबस्थापन समिति, शिक्षक अविभावक संघ, कक्षामा खटिने शिक्षक लगायतले अपनत्व महशुस गर्ने हो भने मुलुकका लागि आवश्यक जनशक्ति तयार गर्न समय लाग्दैन ।' उनले सैद्धान्तीक भन्दा पनि प्राविधिक धारको विकास गर्नु आजको पहिलो आवश्यकता भएको बताए ।

 

प्रकाशित : पुस १६, २०७१ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?