३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

माघ ८ मै संविधानः सिंह

विनोद भण्डारी

विराटनगर — कांग्रेस महामन्त्री प्रकाशमान सिंहले 'गिभ एण्ड टेकको रणनीति' अपनाएर भएपनि कांग्रेस माघ ८ मै संविधान जारी गर्ने पक्षमा रहेको बताएका छन् । 'तोकिएको समयमा संविधान जारी गर्न प्रधानमन्त्री एवं पाटी सभापति सुशिल कोइराला गीभ एण्ड टेक गर्न तयार हुनुहुन्छ ।'

माघ ८ मै संविधानः सिंह
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले 'गिभ एण्ड टेकको रणनीति' अपनाएर भएपनि कांग्रेस माघ ८ मै संविधान जारी गर्ने पक्षमा रहेको बताएका छन् ।
'तोकिएको समयमा संविधान जारी गर्न प्रधानमन्त्री एवं पाटी सभापति सुशिल कोइराला गीभ एण्ड टेक गर्न तयार हुनुहुन्छ ।' विराटनगर विमानस्थलमा बुधबार सिंहले सञ्चारकर्मीसीत भने, 'माओवादी संविधानप्रति इमान्दार छन भने आन्दोलन छाडेर सहमतिमा आउनु पर्छ ।'
शिर्ष नेताहरु बीचको वार्ता सकरात्मक हुँदै गएको उल्लेख गर्दै उपप्रधान तथा स्थानीय विकास मन्त्री सिंहले दलहरुबीच सहमति नभए सरकार प्रक्रियाबाट भएपनि माघ ८ मै संविधान जारी गर्न तयार छ । प्रक्रियाबाट संविधान जारी गर्दा अप्ठ्यारहरु आउन सक्छन् । उनले भने,'सरकार सकभर सहमतिबाटै अघी बढने मनस्थितीमा छ । संविधानमा कांग्रेस र एमालेको भावन मात्र समेट्न खोजिएको होइन । सबै दल र बर्गको भावना समेटिनु पर्छ । उनले भने आफना भावना संविधानमा समेट्न अरु दल र वर्गले पनि गिभ एण्ड टेक गर्न सक्नुपर्छ ।
एक दुई जना नेताले कुरा गर्दैमा पावर सेयरीङ हुन नसक्ने औल्याउँदै सिंघले पावर सेयरिङ हाउस गर्ने बताए । नेताहरु कराएर को राष्ट्रपति र को प्रधानमन्त्री बन्ने होइन । सिंहले भने त्यसको छिनोफानो हाउसले गर्ने हो ।


प्रकाशित : पुस १६, २०७१ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?