१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

चिनियाँ विदेशमन्त्री पनि आउँदै

काठमाडौ — चिनियाँ विदेशमन्त्री वाङ यीले आगामी बिहीबार (पुस १०) देखि गर्ने तीनदिने भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ उच्चअधिकारी सम्मिलित टोली आउने­-जाने क्रम तीव्र भएको छ । केही बिहीबार स्वदेश फर्केका छन् भने कुनै टोली काठमाडौं ओर्लेका छन् ।

उच्च अधिकारी र वरिष्ठ राजनीतिज्ञ रहेका टोली आउने जानेक्रम रहेको हो । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री छेन फेङसियाङ नेतृत्व टोली र कानुनविज्ञ वाङ होइसेनको छुट्टाछुट्टै टोली बिहीबार फर्केका हुन् । सुरक्षा निकायको एक टोली साताव्यापी भ्रमण सकेर बुधबार स्वदेश फर्केको छ । उपमन्त्री छेनको टोलीले नेपालको संविधान निर्माण र संघीयताको विषयमा चासो देखाएको थियो भने वाङको टोलीले विधिको शासनमा जोड दिएर फर्केको हो । सुरक्षा टोलीले सीमा क्षेत्रको सुरक्षा अवलोकन गरेको थियो ।
यसरी टोली फर्केकै दिन श्रीलंका भ्रमणमा पुगेको एक थिङटयांक टोली काठमाडौं उत्रेको छ । उनीहरूले यहाँ आएलगत्तै चीनसँग नजिक सम्बन्ध राख्ने व्यक्तिहरूलाई भेटेका छन् । उनीहरू आइतबार स्थलमार्ग हुँदै स्वदेश र्फकनेछन् भने उनीहरू फर्केको चार दिनपछि चिनियाँ विदेशमन्त्रीले नेपाल भ्रमण गर्नेछन् । उक्त टोली स्याँप|mुबेसी-केरुङको नाका अवलोकन गरेर स्थलमार्गबाट र्फकने बताइएको छ ।
चिनियाँ विदेशमन्त्री वाङको भ्रमण सुशील कोइराला प्रधानमन्त्री भएपछि उत्तरी छिमेकबाट भएको उच्चस्तरको भ्रमण हो । नेपाल भ्रमण्ामा रहँदा चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री कोइराला, राजनीतिक दलका शीर्ष नेताहरूसँग दुईपक्षीय मामिला र आपसी हितका विषयमा कुराकानी गर्ने बताइएको छ । उनले कुनै घोषणा गरे मात्र अन्यथा दुईपक्षीय सम्झौता भने हुने आधार मन्त्रालयमा तय नभएको एक अधिकारीले बताए ।
उनको भ्रमणअघि नेपाल-चीनबीच परराष्ट्र सचिवस्तरको संयन्त्रको बैठक हुन सकेको भए सम्झौताको सम्भावना रहेको पनि ती अधिकारीले भने, 'तर कुनै घोषणा भने गर्न सक्ने संकेत दिएका छन्, बिहीबार अबेरसम्म यो नै गछौर्ं भनेर भनेका छैनन् ।' नेपालमा संविधान लेखनको समयसीमा नजिकिँदै गर्दा चिनियाँ भ्रमण बाक्लिएकोमा यसलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ । चीनले आफ्नो छिमेक नीतिअनुरूप नै भ्रमण भएको बताउँदै आएको छ । सन् २०१५ भित्र चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने चर्चा चलिरहेको
अवस्थामा भएका यी भ्रमणलाई तयारीको रूपमा अथ्र्याइएको छ ।

प्रकाशित : पुस ४, २०७१ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?