कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

बिरामीको सेवामा राजदूत

कान्तिपुर संवाददाता

काभ्रे —
गाउँमै स्तरीय उपचार पाएकामा डराउनेपोखरी ८ का रामचन्द्र हुमागाईं हषिर्त छन् । अस्टे्रलियाली राजदूत गल्यान हर्वार्ट्ले आफ्नै हातले चस्मा लगाइदिँदा उनी झन् चकित बने ।


राजदूतले अभिरुचिपूर्वक उनको आँखारोगबारे डाक्टरले जाँचेको पुर्जा हेरेका थिए । 'गाउँमै निःशुल्क औषधि पाउँदा को खुसी नहोला ?', हुमागाईंले भने, 'अझै राजदूतज्यू आफैंले बिरामीका बारेमा जानकारी दिनुभयो । अब यो गाउँको स्वास्थ्य क्षेत्रमा केही काम हुन्छ, कि भन्ने आशासमेत राखेका छौं ।'
अस्ट्रेलियाली दूतावासको सहयोगमा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाले आयोजना गरेको 'बृहत् आँखा शिविर' मा आएका बिरामीका बारेमा जानकारी लिंदै त्यहाँको स्वास्थ्य चेतना बुझ्न राजदूत गल्यान सपरिवार दाप्चा, डराउनेपोखरी पुगेका थिए । शिविरमा खटिएका डाक्टरसँग पनि उनले बिरामीका बारेमा बुझे । स्थानीय दाप्चा मावि, हातेमालो र दाप्चाली सहकारीले संयुक्त रूपमा उनलाई गाउँको विकासमा सहयोग गरिदिन लिखित आग्रह गरेका छन् ।
शिविरलाई मात्रै होइन । दूतावासले ८ जिल्लालाई समेटेर बनेपा ११ मा निर्माणाधीन अवस्थामा रहेको आँखा अस्पताललाई समेत सहयोग गर्ने भएको छ । उनले भवनको अवलोकन समेत गरेका थिए । गुडविल फाउन्डेसनको सहयोगमा अस्पताल भवन निर्माण भइरहेको हो । अस्पतालका लागि चाहिने उपकरण र बिजुलीका सामान अस्ट्रेलियाले उपलब्ध गराउँदै छ । 'अस्टेलियाली जनता नेपालीका लागि सक्दो सहयोग गर्न चाहन्छन्,' राजदूत ग्ाल्यानले भने, 'ग्रामीण क्षेत्रका जनताको सहयोगमा सधैं जुटिरहने छौं ।' स्थानीयले लिखित रूपमा राखेका विकासका कुरा पूरा गर्न दूतावास तत्पर रहेको उनले बताए । सहरमा मात्रै नभई पिछडिएका दुर्गम गाउँका बिरामीको सेवामा अस्पताल लागिरहने अस्पताल सञ्चालक समितिक अध्यक्ष मधु आर्चायले उनी सामु प्रतिबद्धतासमेत व्यक्त गरे ।
शिविरमा ६ गाविसका ६ सय ४६ जना बिरामीले आँखा जाँच गराए ।




प्रकाशित : पुस १६, २०७० ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?