कालिगण्डकी करिडोरको ट्रयाक खोलिने

प्रकाश बराल

बागलुङ — राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको 'कालिगण्डकी करिडोर' को ट्रयाक चालू आर्थिक वर्षभित्रै खुलाउने तयारी भएको छ ।

आयोजनाले यो वर्ष लक्ष्यभन्दा दोब्बर प्रगति गरेर सके चालु वर्षभित्रै र नसके पनि अर्को वर्षको पहिलो चार महिनामा ट्रयाक खोल्ने तयारी गरेको उत्तर-दक्षिण कालिगण्डकी करिडोर लोकमार्ग आयोजना प्रमुख सुजन अधिकारीले बताए ।
राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले बहुवषर्ीय ठेक्का व्यवस्थापनका लागि सहमति दिएपछि एउटै बजेटले काम सक्ने वातावरण बनेको अधिकारीले बताए । 'सिलिङ बजेट पि|mज र फिर्ता नहुने गरी काम सक्न सहमति पाएका छौं,' अधिकारीले कान्तिपुरसित भने, 'चालु वर्षमै नसकिने सम्भावना देखिएको बागलुङको बेलबगरदेखि गुल्मीको पालुङ खोला साढे चार किमि र पाल्पाको दैलातुङदेखि डरपोकसम्मको १० किमि खण्डलाई बहुवषर्ीय कार्यक्रममा राखिएको हो ।'
ट्रयाक खोल्न अहिले नवलपरासीको गैंडाकोटदेखि पिपलडाँडा खण्डको मर्मत, पाल्पाको रामदीदेखि रानीघाट १८ किमि र बागलुङको टाकुरीदेखि गुल्मीको पालुङखोला जोड्ने २० किमि खण्डमा काम भइरहेको हो । चालु वर्ष सकिँदा बढीमा पाँच किमि मात्र ट्रयाक खोल्न बाँकी रहने भएकाले आगामी वर्षको पहिलो चार महिनामै सम्पन्न गर्ने लक्ष आयोजनाले राखेको हो ।
राष्ट्रिय योजना आयोगले पनि चालु वर्षमै काम सक्न निर्देशन दिएपछि आयोजनाले कामलाई तीव्रता दिएको हो । चालू वर्षका लागि बागलुङ खण्डको काम गर्न ८ करोड रुपैयाँ विनियोजन भए पनि जनशक्ति अभावमा काम सुस्ताएको थियो । जसरी पनि जनशक्ति व्यवस्थापन गरेर बाटो खुलाउन आयोगका सदस्यसचिव युवराज भुसालले निर्देशन दिएपछि आयोजनाले कामलाई तीव्रता दिएको अधिकारीले बताए । बजेट अभाव भएमा अन्य क्षेत्रबाट र आगामी आर्थिक वर्षका लागि पनि व्यवस्थापन गर्ने भुसालले आश्वासन दिएका हुन् ।
'रकमकै कारणले काम रोकिन भएन,' भुसालले भने, 'चालु वर्षमा जसरी पनि सबै खण्ड बाटो खुल्नुपर्छ ।' काम सकेमा सरकारले जसरी पनि भुक्तानी दिने उनले बताए । काम नभएका अन्य ठूला आयोजनाको रकम वा आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरेर भए पनि सरकारले भुक्तानीको व्यवस्था गर्ने भुसालले बताए । चालु वर्षका लागि सबै ट्रयाक खोल्न २३ करोड रकम विनियोजन भएको छ ।






प्रकाशित : पुस १६, २०७० ११:४०
प्रतिक्रिया
पठाउनुहोस्

ल्होछारमा सम्मान

कान्तिपुर संवाददाता

काँकडभिट्टा — गुरुङ समुदायको चाड २५९८ औं ल्होछारका अवसरमा सोमबार झापाको मेचीनगरमा दुई जना वृद्धवृद्धालाई सम्मान गरिएको छ ।

तमु ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् मेचीनगरको आयोजनामा वयोवृद्ध हर्कबहादुर र बुद्धिमाया गुरुङलाई सम्मान गरिएको हो । परिषद्का केन्द्रीय सदस्य जलकुमार गुरुङको प्रमुख आतिथ्य र नगर अध्यक्ष जगत गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण पन्थी, होटल व्यवसायी संघका अध्यक्ष अर्जुन सुब्बा, महिला जनचेतना केन्द्रकी अध्यक्ष राधा प्रधान कार्की, महिला नेतृ बिटु गुरुङ, पर्यटन व्यवसायी उदय श्रेष्ठ, हर्क फ्याक, कृष्ण सिंजाली, भुवन सुब्बा, बालकुमार भुजेललगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित : पुस १६, २०७० ११:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×