३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रहरी हिरासतमै आत्महत्या

दाङ — ज्यान मद्दाको अभियोगमा प्रहरी हिरासतमा रहेका एक जनाले सोमबार प्रहरी कार्यालयमै आत्महत्या गरेका छन् । बुवाको हत्या गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका सैघा ७ धनडाँडाका २९ वर्षीय गिरिराज खनालले शौचालयमा झुण्डीएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।


बिहान ३ बजेतिर खनालले शौचालयमा ज्याकेटको चेन र मोजाको डोरी बनाएर पासो लगाएको दाङका प्रहरी प्रमुख एसपी शरदकुमार खत्रिले जानकारी दिए । मंसिर ३० गते ६९ वर्षीय बुवा झगरुप्रसाद खनाललाई जग्गा विबादका कारण बन्चरो प्रहार गरि हत्या गरेको अभियोगमा गिरीराजलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हत्या गरी खरवारीमा गाडेर फरार रहेका गिरीराजलाई पुस ५ गते घोराही ६ मसिनाबाट प्रहरीले पक्राउ गरि अदालतमा म्याद थपेर अनुसन्धान सुरु गरेको थियो ।
 

प्रकाशित : पुस १५, २०७० १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?