आगलागीमा एकै परिवारका तीनको मृत्यु


दमक — झापाको सतासीधाम- ७ मा शनिबार राति भएको आगलागीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मैनबत्ती बालेर सुतेका उनीहरुको आगलागीमा निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
स्थानीय गणेश बजगाईंको घरमा डेरा गरी बस्ने मोरङ दर्वेशाका ३६ वर्षीया मोनिका भट्टराई, उनका १२ वर्षका छोरा निकेश र ७ वर्षका निशानको जलेर मृत्यु भएको हो ।
मैनबत्ती बालेर सुतेका उनीहरुको आगलागीमा निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रकाशित : पुस १४, २०७० ०७:४४