कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बार अध्यक्षमा कार्की निर्वाचित

प्रजातान्त्रिक समूहको बहुमत पदाधीकारी

काठमाडौं — कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको अध्यक्ष पदमा प्रगतिशील समूहका उम्मेदवार अधिवक्ता हरिकृष्ण कार्की निर्वाचित भएका छन् । १७ सदस्यीय कार्यसमितिमा प्रजातान्त्रिक समूहले ९ सिट ल्याएर बहुमत पदाधीकारी बनाएको छ ।

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको अध्यक्ष पदमा प्रगतिशील समूहका उम्मेदवार अधिवक्ता हरिकृष्ण कार्की निर्वाचित भएका छन् ।
अध्यक्ष पदमा पराजित भए पनि कूल १७ सदस्यीय कार्यसमितिमा प्रजातान्त्रिक समूहले ९ सिट ल्याएर बहुमत पदाधीकारी बनाएको छ ।
सनिबार सम्पन्न बारको तीन वर्षीय आवधिक चुनावको बिहीबारसम्म चलेको गणनाको अन्तिम नतिजा अनुसार प्रगतीशील खेमाका कार्कीले ३२५७ मत ल्याएर अध्यक्ष पद जितेका हुन् ।
उनका निकटतम प्रतिद्वन्ती प्रजातान्त्रिक उम्मेदवार शेरबहादुर केसीले ३१८२ मत ल्याएका थिए । कार्की यसअघिको बार चुनावमा प्रजातान्त्रिकका प्रेमबहादुर खड्कासँग पराजित भएका थिए ।
प्रगतिशील समूहले अध्यक्षबाहेक ४ उपाध्यक्ष र ३ सदस्य गरी ८ पदाधीकारी कार्यसमितिमा पुर्‍याएको छ ।
पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदर पश्चिमाञ्चलमा क्रमशः जनक पाण्डे, टीकाराम भट्टराई, अनिता गुरुङ, पदमप्रसाद वैदिक र राजेन्द्रबहादुर साउद निर्वाचित भएका छन् । यसमध्ये पाण्डे प्रजातान्त्रिक खेमाका हुन् भने बाँकी सबै प्रगतिशील ।
त्यस्तै महासचिवमा सुनिलकुमार पोखरेल र कोषाध्यक्षमा मोहन इङनाम चुनिएका छन् । उनीहरु पनि प्रजातान्त्रिक खेमाका हुन् ।
सदस्यहरुमा गजेन्द्रशंकर तिमिला, गणेशप्रसाद अधिकारी, सागर विष्ट, प्रसन्नकृष्ण दास, विनिता कार्की तथा लक्ष्मीदेवी रावल प्रजातान्त्रिक समूहबाट र केदारप्रसाद चालिसे, सरस्वती श्रेष्ठ तथा राज्यलक्ष्मी बज्राचार्य प्रगतिशील खेमाबाट विजयी भएका छन् ।
बारमा २०१३ देखि सुरु भएको आवधिक निर्वाचन पद्दतीको यो २३ औं शृंखला हो । यसको कार्यकाल ३ वर्षको हुनेछ ।
नवनिर्वाचित पदाधिकारीको फोटो हेर्नुहोस्



प्रकाशित : माघ ४, २०६९ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?