१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

स्थानीय निकायमा दलीय संयन्त्र खारेजीको निर्णय

कृष्ण ज्ञवाली

काठमाडौ — स्थानीय विकास मन्त्रालयले स्थानीय निकाय सञ्चालनका लागि गठित दलिय संयन्त्र खारेज गर्ने निर्णय गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार मन्त्रीस्तरिय निर्णयबाट संयन्त्र खारेज गरिएको हो ।

अव स्थानीय निकाय सञ्चालनको अधिकार कार्यकारी सचिवहरुलाई हुनेछ ।
स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले अख्तियारको निर्देशन कार्यान्वयन गरिएको बताए । उनले दलहरुसँग छलफल गरेर अरु विकल्प खोजिने बताए । गतसाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संयन्त्र खारेज गर्न र उपभोक्ता समितिलाई जिम्मेवार बनाउन मन्त्रालयलाई निर्देशन दिएको थियो ।
अव गाविस, नगरपालिका र जिविसका कार्यकारी सचिवले अर्को निर्णय नभएसम्म कामचलाउ ढंगले काम गर्नेछन् । सबै सरोकारवालाहरुको छलफलपछि मन्त्रालयले तत्काल अरु विकल्पवारे निर्णय गर्ने जनाएको छ ।

 
 
 

प्रकाशित : पुस १९, २०६८ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?