बलबहादुर राई स्मृति प्रतिष्ठान गठन

कान्तिपुर संवाददाता

काठमाडौं — कांग्रेस नेता बलबहादुर राईको योगदान सम्झन र उनका आदर्श समाजमा लागू गर्न 'बलबहादुर राई स्मृति प्रतिष्ठान' गठन गरिएको छ । प्रा

ध्यापक सौभाग्यजंग कार्कीको अध्यक्षतामा प्रतिष्ठान गठन गरिएको हो । एघार सदस्यीय कार्यसमिति उपाध्यक्षमा शंकर खनाल, महासचिवमा कैलाश गुरुङ र कोषाध्यक्षमा सुमाया राई तथा सदस्यमा सभासद प्रमिला राई, बागधन राई, पत्रकार जीवनाथ धमला, जीवनचन्द्र कोइराला, नारदमुनि गौतमलगायत छन् । कांग्रेस केन्द्रीय सदस्य तथा १९ पटक कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका नेता राईको गत असार २० गते निधन भएको थियो ।

प्रकाशित : फाल्गुन १७, २०६७ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?