२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

क-कसले पाए राष्ट्रिय प्रतिभा पुरस्कार ?

काठमाडौ — प्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न प्रतिभालाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेका छन् ।


राजधानीमा मंगलबार आयोजित एक समारोहमा प्रधानमन्त्रीले मुकुन्दराज अर्याल, ध्रुबचन्द्र गौतम, दुर्गा बराल, भीम बिराग, चुडामणि बन्धु, गणेशबहादुर प्रसाई, प्रकाश गुरुङ, उर्मिला उपाध्याय (गर्ग) लाई नगद रु. एक लाखसहित सम्मान प्रदान गरे ।
सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयले आयोजना गरेको राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार सम्मान कार्यक्रममा उनीहरुलाई सो सम्मान प्रदान गरिएको हो ।
सोही अवसरमा ३९ जना श्रष्टालाई क्षेत्रीय प्रतिभा पुरस्कार सहित नगद रु. ५० हजार प्रदान गरियो । प्रधानमन्त्रीबाट प्रतिभा पुरस्कार प्राप्त गर्नेमा शिवकुमार श्रेष्ठ, रञ्जना बज्रचार्य, कुसकुमार न्यौपाने, अशोक थारु, जयराज पन्त, जसराज किराँती, धर्मेन्द्र बिहृवल, काजी रोशन, ठाकुरप्रसाद आचार्य, बुद्धिसागर चपाई, एससी सुमन, लय मैनाली, बुद्धि गुरुङ्, पुष्पा घर्तिमगर, ताराप्रसाद ओझा, निशा शर्मा, नारायणदेवी प्रधान, बीरेन्द्र हमाल, भूवन चन्द र भरत शाक्य हुनुहुन्छ ।
त्यस्तै देबीचन्द्र श्रेष्ठ, जगमान गुरुङ, महेश चौधरी, बासुदेव भट्ट, पुष्प सुब्बा, अनिता तुलाधर, बनमाली निराकार, सच्चिदानन्द चौवे, पदमराज जोशी, दीपाश्री निरौला, रामकृष्ण ढकाल, रुपक डोटेल, बिमल डाँगी, ऋचा शर्मा, श्रीकृष्ण जोशी, सूर्यबहादुर चित्रकार, अशोकमान सिंह, डाँफू बोहरा, नर्वु लामा पनि सो पुरस्कारबाट सम्मानित हुनुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री नेपालले स्रष्टाहरू देशका अमूल्य निधि भएकाले उनीहरुलाई सम्मान गर्नु राज्यको दायित्व हो भन्दै सर्जकहरुले कला, साहित्य र संस्कृतिका क्षेत्रमा समर्पित भएर राष्ट्रको पहिचानलाई बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।
सम्मानीत व्यक्तित्व डा.ध्रुवचन्द्र गौतमले मन्त्रालयले दिने राष्ट्रिय महत्वको गरिमामय पुरस्कार प्राप्त गरेकोमा खुशी व्यक्त गरे । अर्का पुरस्कृत जगमान गुरुङ्ले राष्ट्रिय नीतिअनरुप विभिन्न समुदायका स्रष्टालाई राष्ट्रले सम्मान गरेकाले अब स्रष्टाले राष्ट्रिय एकता कायम राख्न सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए ।
सोही अवसरमा क्षेत्रीय प्रतिभा पुरस्कारबाट सम्मानित साहित्यकार काजी रोशनले आफूले प्राप्त गरेको नगद रु. ५० हजार धौलागिरि साहित्य प्रतिष्ठानलाई प्रदान गर्ने घोषणा गर्नुभयो । रासस
 

प्रकाशित : असार २९, २०६७ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?