कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ललितपुर क्षेत्र नम्बर-२ मा एमालेको अग्रता कायमै

काठमाडौँ — ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा १० हजार ८८ मत गणना हुँदा एमाले अघि देखिएको छ । सोमबार बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले २ हजार ९ सय ८०  प्राप्त गरेका छन् ।

ललितपुर क्षेत्र नम्बर-२ मा एमालेको अग्रता कायमै

दोस्रो स्थानमा भने हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले २ हजार ४ सय ९७ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १ हजार ४ सय ९० मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले १ हजार ४ सय ७७ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले १ हजार ४ सय २७ मत र अन्यले २ सय १८ मत प्राप्त गरेको दुई नम्बर क्षेत्रका निर्वाचन अधिकृत दीपशिखा मुनकर्मीले जानकारी दिए । यस निर्वाचन क्षेत्रमा कूल ८१ हजार ८ सय ९७ मतादाता रहेकोमा ५२ हजार ८ सय ८२ मत खसेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको कार्यालयमा मतगणना भइरहेको छ ।

प्रकाशित : मंसिर ५, २०७९ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?