कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दोलखाका विभिन्न स्थानमा विवादपछि प्रहरीबाट हवाइफायर, केही केन्द्रमा मतदान रोकियो

काठमाडौँ — दोलखाका विभिन्न स्थानमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ता बीच विवाद हुँदा प्रहरीले केही राउन्ड हवाइफायर गर्नुका साथै मतदान पनि स्थगित भएको छ ।

दोलखाका विभिन्न स्थानमा विवादपछि प्रहरीबाट हवाइफायर, केही केन्द्रमा मतदान रोकियो

झुलेको अमर मावि मतदान केन्द्र तथा जिरी-९ मा विवाद बढेपछि प्रहरीले एक राउन्ड हवाइफायर गरेको छ भने मतदान पनि स्थगित भएको छ । यस्तै वैतेश्वर-२ मा पनि विवादपछि मतदान स्थगित छ । वैतेश्वर-६ मा भने सत्ता गठबन्धनका कार्यकर्ताले मतदान केन्द्रलाई कब्जामा लिएर एक पक्षीय रुपमा मतदान गरिरहेको एमाले कार्यकर्ताले आरोप लगाएका छन् । विवाद भएको मलपेटिका लत्तिले हानेर फुटाएको र मतपत्र बाहिर पोखिएको बताइएको छ । यसलाई सुरक्षानिकायले भने पुष्टि गरेको छैन ।

तामाकोशीको गोल्मेश्वर मावि मतदान केन्द्रमा विवादपछि केहीबेर स्थगित भएको मतदान पुन: सुरु भएको छ ।

प्रकाशित : मंसिर ४, २०७९ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?