कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चुनाव सकियो, प्रचार सामग्री हटेन

अछाम — अन्तिम मतपरिणाम सार्वजनिक भएको २ साता बित्दासमेत जिल्लाका राजनीतिक दलहरूले प्रचार सामग्री हटाएका छैनन् ।

चुनाव सकियो, प्रचार सामग्री हटेन

प्रतिनिधि र प्रदेशसभा चुनावका क्रममा दलहरूले बजार क्षेत्र पूरै रंगीचंगी हुने गरी टाँगेका प्रचार सामग्री नहटाउँदा फोहोर बढेको छ । सार्वजनिक स्थल, पसल, घरमा टाँसिएका पर्चा–पम्प्लेट अझै छरपस्ट अवस्थामै छन् ।


मंगलसेन, साँफबेगर, बयलपाटा, जयगढ, विनायक, कमलबजार, तुर्माखाँद, चौखुट्टेलगायत बजार क्षेत्रमा लगाइएका प्रचार सामग्री दलहरूले हटाएका छैनन् । निर्वाचन आयोगले जुन पार्टी वा उम्मेदवारले प्रचार सामग्री टाँसेको हो सोही दल वा उम्मेदवारले हटाउनुपर्ने व्यवस्था गरे पनि कसैले यसको सुनुवाइ नगरेको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेल बताए । उनले प्रचार सामग्री नहटाएको पाइए आचारसंहिता उल्लंघनमा कारबाही गर्ने व्यवस्था आयोगमा सुरक्षित रहेको पनि बताए ।

प्रकाशित : पुस ११, २०७४ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?