१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

भक्तपुर २ बाट महेश बस्नेत दाेब्बर मतले निर्वाचित

लिला श्रेष्ठ

भक्तपुर — भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । उनले कांग्रेसका दमननाथ ढुंगानालाई पराजित गरेका हुन् ।

भक्तपुर २ बाट महेश बस्नेत दाेब्बर मतले निर्वाचित

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । उनले कांग्रेसका दमननाथ ढुंगानालाई दाेब्बर मतले पराजित गरेका हुन् ।

बस्नेतले ३६ हजार ४ सय १२ मत पाए भने कांग्रेस उम्मेदवार ढुंगानाले १८ हजार ६ सय ७५ मत पाए ।

उक्त क्षेत्रमा उम्मेदवार बनेकी नेपाल मजदुर किसान पार्टीकी नेतृ पूर्व सांसद अनुराधा थापाले ५ हजार ४ सय ७१ मत मात्रै पाइन ।

निर्वाचित बस्नेत पूर्व उद्योगमन्त्री समेत हुन् । बस्नेत २०७० को संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर २ बाटै कांग्रेसका रामेश्वर ढुंगेलसँग पराजित भएका थिए ।

प्रकाशित : मंसिर २४, २०७४ ०१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?