२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

मुस्ताङबाट प्रदेशसभा (क) मा एमाले उम्मेदवार विजयी

विनोद त्रिपाठी

मुस्ताङ — मुस्ताङका एमाले उम्मेदवार इन्द्रधारा विष्ट मुस्ताङ प्रदेशसभा (क) बाट सदस्यमा विजयी भएका छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा विजयी प्रमाणपत्र प्राप्त गर्ने उनी पहिलो उम्मेदवार हुन् ।

मुस्ताङबाट प्रदेशसभा (क) मा एमाले उम्मेदवार विजयी

प्रमुख निर्वाचन अधिकृत बलराम त्रिपाठीले उनलाई विजयी भएको प्रमाणपत्र दिए ।

विष्टले ११६७ र उनका प्रतिद्वन्द्वी कांग्रेसका युवा उम्मेदवार मिक्युर गुरुङले ६५७ मत ल्याएका छन् । यहाँको १ हजार ८ ३६ मत मध्ये १२ मत बदर भएको अधिकृतको कार्यालयले जनाएको छ ।

विष्ट लोमान्थाङका सामाजिक अभियन्ता हुन् । पेशाले उनी व्यापारी हुन् ।

विष्ट स्थानीय तहको निर्वाचनमा लोमान्थाङ गाउँपालिका प्रमुखमा उठेर पराजित भएका थिए ।

उनी कांग्रेसका सुवर्णकुमार विष्टसँग पराजित भएका थिए । त्यतिबेला उनी स्वतन्त्रबाट चुनाव लडेका थिए । उनी साउनमा एमाले प्रवेश गरेका हुन् ।

प्रकाशित : मंसिर २२, २०७४ ०१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?