१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

रोल्पामा वाम गठबन्धनको अग्रता

काशीराम डाँगी

रोल्पा — पहिलो चरण अन्तर्गतमंसिर १० मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मत गणनाको नतिजा अनुसार रोल्पामा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता हासिल गरेका छन् ।

रोल्पामा वाम गठबन्धनको अग्रता

प्रतिनिधि र प्रदेश सभाको मत गणना जारी भएलगत्तै पहिलो पटक सार्वजनिक गरिएको नतिजाअनुसार दुवै तहमा वाम गठबन्धनका उम्मेदवार अगाडि देखिएका हुन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा निर्वाचनका बाम गठबन्धनका उम्मेदवार वर्षमान पुनले ६ सय ९६ मत प्राप्त गर्दा कांग्रेसका अमरसिंह पुनले ३ सय ४३ मत प्राप्त गरेका छन् । अहिलेसम्म गणना गरिएको प्रतिनिधि सभाको निर्वाचनको मत संख्या १ हजार १ सय ४८ मध्ये ५२ वटा मत बदर भएको छ ।  

प्रदेश सभा निर्वाचन क्षेत्र क बाट वाम गठबन्धनका उम्मेदवार कुलप्रसाद केसीले २ सय ९३ मत प्राप्त गरेका छन् भने कांग्रेसका शेरबहादुर महराले २ सय ७९ मत पाएका छन् । यस्तै प्रदेश ख का वाम गठबन्धनका उमेदवार दीपेन्द्रकुमार पुनले ५ सय १३ मत पाउदा कांग्रेसका खगेन्द्र हमालले १ सय ३७ मत प्राप्त गरेका छन् । रोल्पामा वाम गठबन्धनबाट प्रतिनिधि सभामा १ र प्रदेश सभामा २ जना उम्मेदवार माओवादी केन्द्रकै छन् । 

प्रदेश क मा ७ सय ३८ मत खस्दा ७८ मत बदर भएको छ भने प्रदेश ख मा ७ सय १९ मत खस्दा ४० मत बदर भएको मुख्य निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठले बताए । उनका अनुसार निर्वाचन सुरक्षाका दृष्टिकोणले अति नै संवेदनशील मानिएको रोल्पाको थबाङ केन्द्रका मत गणना गरेर गणना थालिएको । गणनाको नतीजा हरेक २ घण्टामा सार्वजनिक गर्ने भनिएपछि पहिलो पटकमा तीन घण्टापछि सार्वजनिक गरिएको छ । 

निकै कडा सुरक्षासहित रोल्पामा बिहीबार बेलुकी ५ बजेबाट मत गणना सुरु गरिएको हो । गणना स्थललाई तारबारले घेरिएको छ भने ७ वटा सीसीटीभी क्यामेराबाट अवस्थाको निगरानी गरिएको सुरक्षा अधिकारीले जनाएका छन् ।

प्रकाशित : मंसिर २१, २०७४ २२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?