कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तीन दसकसम्म एकै उम्मेदवार

सातौं पटक चुनाव लड्दै
आश गुरुङ

लमजुङ — नेपाली राजनीतिमा पृथ्वीसुब्बा गुरुङ चर्चित नाम हो । उनी पार्टीका सचिव तथा संगठन प्रमुख समेत हुन् ।

राष्ट्रिय राजनीतिमा उनको नाम जति चर्चित छ, जनतामाझ उनी त्यति चर्चित थिएनन् भन्नलाई तीन दसकबीचको चुनावी नतिजा हेरे पुग्छ ।

तीन दसकसम्म एकै उम्मेदवार

नेपाली राजनीतिमा पृथ्वीसुब्बा गुरुङ चर्चित नाम हो । उनी पार्टीका सचिव तथा संगठन प्रमुख समेत हुन् ।

राष्ट्रिय राजनीतिमा उनको नाम जति चर्चित छ, जनतामाझ उनी त्यति चर्चित थिएनन् भन्नलाई तीन दसकबीचको चुनावी नतिजा हेरे पुग्छ ।
२०४३ मा जनपक्षीय उम्मेदवारको रुपमा पहिलोपटक चुनावमा होमिएका उनी २०७० को संविधानसभा चुनावबाहेक बाँकी ५ वटै चुनावमा पराजित भएका हुन् । तीन दसकयता लमजुङ क्षेत्र २ (हाल प्रदेश ख) का एक्ला उम्मेदवार हुन् उनी । अहिले समेत गरी उनले सातौंपटक चुनाव लड्दैछन् ।
उनले पहिलो पटक ०४३ मा हारे । ०४८ मा कांग्रेसका रामबहादुर गुरुङसँग दोस्रो पटक पराजय व्यहोरे । आफ्नो क्षेत्र छोडेर आएका रामबहादुरसँग पृथ्वीसुब्बा गुरुङले ०५१ को मध्यवधी निर्वाचनमा पनि हार व्यहोरे । ०५६ को आम निर्वाचनमा कांग्रेसकै हरिभक्त अधिकारीसंग पराजित भए । तत्कालीन माओवादी पहिलो र एमाले तेस्रो पार्टी बन्दा कतिपय वरिष्ठ नेताले हार्दा भने उनी ०६४ को पहिलो संविधान सभा निर्वाचनमा जिते ।

उनीसँग पराजित भएका दिलबहादुर घर्ती अहिले प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका उम्मेदवार छन् । घर्तीसँग बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ चुनावी मैदानमा छन् ।

देवप्रसादसँगै शान्ति प्रक्रियापछिको मन्त्रिमण्डलमा सँगै रहेका पृथ्वीसुब्बा केन्द्र छोडेर प्रदेशमा चुनाव लडिरहेका छन् ।
दोस्रो संविधान सभा चुनाव २०७० को प्रचारप्रसारमा बेंसीसहर आएका एमाले अध्यक्ष केपी ओलीले ‘पृथ्वीसुब्बालाई जिताएर पठाउनोस्, म मन्त्री बनाएर पठाइदिन्छु’ भन्ने आश्वासन दिएका थिए । तर, जनताले उनलाई जिताउनुको सट्टा हराइदिए ।

संसदमा आदिवासी जनजाति समूह (ककस) मा लागेर ब्राम्हण क्षेत्रीविरुद्ध बोलेको आरोप खेपेका उनले त्यही आरोपका कारण हार व्यहोरे अनुमान छ । अहिले उनी प्रदेश नं. ४ को मुख्यमन्त्री बन्ने उद्घोषसहित चुनावी प्रतिष्पर्धामा होमिएका छन् ।

बाम गठबन्धनले बहुमत प्राप्त गरे उनको मुख्यमन्त्री बन्ने ढोका खुला रहनेछ । तर, उनलाई मुख्यमन्त्री बन्न नदिन कांग्रेसका निवर्तमान सभापति कृष्णप्रसाद कोइराला ‘चर्को’ रुपमा लागेका छन् । कोइरालाले भने, ‘यो पहिल्यैदेखि कांग्रेसको ठाउँ हो । अहिलेको चुनावमा पनि यो ठाउँ हामी जित्छौं । कसैको कुनैपनि नाराले जनतालाई छुँदैन, जनताले कुरा बुझेका छन् ।’

उनी विकासको नारा लिएर गाउँगाउँमा चुनाव प्रचारप्रसार गरिरहेका छन् । उम्मेदवार गुरुङ चुनाव जितेर मुख्यमन्त्री बन्ने र त्यसपछि विकास गर्ने आश्वासन दिएर चुनाव प्रचारप्रसारमा होमिएका छन् ।

२, लमजुङमा प्रदेश सभा (ख) को सदस्यका लागि बाम गठबन्धनबाट उम्मेदवारी दिएका एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ । तस्बिर: आश गुरुङ/कान्तिपुर

प्रकाशित : कार्तिक २२, २०७४ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?