कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

ठोस्ने खोलाले बगाएर एक जनाको मृत्यु

श्रावण २८, २०८१
ठोस्ने खोलाले बगाएर एक जनाको मृत्यु

काठमाडौँ — ललितपुरको कोन्जोसोम गाउँपालिका–३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर सोमबार एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–१ दलचोकी बस्ने काभ्रेको पनौती घर भएकी प्रमिला भण्डारीकी छोरी साढे दुई वर्षीया प्रिन्सिका भण्डारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले खोलाले बगाएर आइतबारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा रूखको हाँगामा अड्किएको अवस्थामा सोमबार शव फेला परेको जानकारी दिए ।

काठमाडौँ महानगरपालिका–६ बौद्ध चुच्चेपाटी ढुङ्गेधारा डेरा गरी बस्ने बैतडी दशरथ चन्द नगरपालिका–४ घर भएका २४ वर्षीय नवीनसिंह बोहरा आफ्नै कोठामा मृत फेला परेका प्रहरीले जनाएको छ । आइतबार मृत भेटिएका उनको विषयमा आवश्यक अनुसन्धान थालिएको पनि कार्कीले बताए ।

प्रकाशित : श्रावण २८, २०८१ १८:५४
x
×