कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

पानीमा किरा भेटिएपछि अनामनगरस्थित किम्ची फास्टफुडलाई २ लाख जरिवाना

श्रावण २७, २०८१
पानीमा किरा भेटिएपछि अनामनगरस्थित किम्ची फास्टफुडलाई २ लाख जरिवाना

काठमाडौँ — काठमाडौं महानगरपालिकाले अनामनगरस्थित रहेको किम्ची फास्टफुडलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । सिल गरेको प्रशोधित पिउने पानीको बोतलमा अखाद्य वस्तु भेटिएपछि महानगरले आइतबार जरिवाना गराएको हो । 

किम्चीको कार्यक्रम हलमा महानगरले दुई दिने ‘विवाद व्यवस्थापनः वडा कार्यालयको भूमिका अभिमुखीकरण’ कार्यक्रम आयोजना गरेको थियो ।

कार्यत्रममको क्रममा महानगर ११ की वडासदस्य यशोमती परियारले सिल प्याक रहेको बोतलको पानी पिउनलाई गिलासमा खन्याउँदा किरा भेटिएको थियो ।

कार्यक्रममा उपस्थित भएकी महानगरकी उपप्रमुख सुनिता डंगोलले तत्काल कार्यक्रम स्थगित गरी दूषित पानी बिक्री गर्नेलाई कारबाही गर्न निर्देशन दिएकी थिइन् ।

प्रकाशित : श्रावण २७, २०८१ १९:५५
x
×