कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

फेक अकाउण्ट बनाएर चरित्र हत्या गर्ने महिला पक्राउ

श्रावण २३, २०८१
फेक अकाउण्ट बनाएर चरित्र हत्या गर्ने महिला पक्राउ

काठमाडौँ — सामाजिक सञ्जालमा फेक अकाउण्ट बनाएर महिलाको फोटो दुरुपयोग गरी चरित्र हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बर्दियाको गेरुवा गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१० कपन बस्ने २३ वर्षीया सुस्मिता थारुलाई पक्राउ गरेको हो । 

सामाजिक सञ्जालबाट पीडित युवतीको फोटो डाउनलोड गरी 'कल गर्ल' नामको फेक अकाउण्ट बनाई मानसिक तनाव दिएको र चरित्र हत्या गरेको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले थारुलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौं जिल्ला अदातलबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिए ।

प्रकाशित : श्रावण २३, २०८१ १७:३९
x
×