कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

काठमाडौंका मेयर बालेनसँग श्रीलंकाली राजदूत पाथिरानाको भेट

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन् ।

काठमाडौंका मेयर बालेनसँग श्रीलंकाली राजदूत पाथिरानाको भेट

बुधबार भएको उक्त भेटमा आपसी सम्बन्धलाई औपचारिकता दिन काठमाडौं र कोलम्बोबीच भगिनी सम्बन्धको सम्भावनाका विषयमा कुराकानी भएको मेयर सचिवालयले जानकारी दिएको छ ।

मेयर शाहले कोलम्बोबाट भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय विमान सञ्चालन गरेर श्रीलंकालाई सिधा लुम्बिनीसँग जोड्न सकिने बताए । ‘दुई देशबीच मैत्रीपूर्ण क्रिकेट खेल आयोजना गर्न सकिन्छ,’ उनले श्रीलंकाली राजदूतसँग भने, ‘कला, खेल तथा गीत संगीत क्षेत्रका व्यक्तिहरुका बीचमा ज्ञान सीप आदानप्रदान गर्न सकिन्छ । मानव संशाधन विकासदेखि पूर्वाधार विकाससम्मका क्षेत्रमा सहकार्य सम्भव छ ।’

भेटका क्रममा राजदूत पाथिरानाले महानगरपालिकाले गएको वैशाख/जेष्ठ महिनामा आयोजना गरेको सीप मेलाको प्रशंसा गर्दै भने, ‘नागरिक सहभागितामा काम गर्ने प्रमुख शाहको कार्यशैलीको म प्रशंसा हुँ ।’ बुद्ध कालदेखि नेपाल र श्रीलंकाबीच सम्बन्ध रहेको बताउँदै राजदूत पाथिरानाले दुई देशबीच सहासिक पर्यटनको पनि उत्तिकै सम्भावना रहेको उल्लेख गरे ।

भेटमा मेयर बालेन र राजदूत पाथिरानाले बौद्ध लुम्बिनी इतिहासमा लुम्बिनी र काठमाडौंसँग श्रीलंकाको सम्बन्ध, बौद्ध तीर्थयात्रा मार्ग, स्वास्थ्य तथा शिक्षामा आपसी सिकाइ लगाय विषयमा छलफल गरेका थिए । भेटमा आपसी सद्भाव प्रतिकका लागि मायाको चिनो आदानप्रदान गरिएको थियो । यस क्रममा प्रमुख शाहले बुद्धको प्रतिमा प्रदान र राजदूत पाथिरानाले श्रीलंकाको प्रसिद्ध चिया प्रदान गरे ।

प्रकाशित : असार २७, २०८१ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×