कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

जनस्वास्थ्य कार्यालय काठमाडौंले पुन: पोलियो विरुद्धको खोप अभियान चलाउने

काठमाडौँ — जनस्वास्थ्य कार्यालय काठमाडौंले पोलियो विरुद्धको खोप ‘आईपीभी’ लगाउन छुटेका बालबालिकालक्षित पुन: खोप अभियान सञ्चालन गर्ने भएको छ । यसअघि कार्यालयले गत जेठ १३ देखि २६ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो । त्यसक्रममा छुटेका बालबालिकालाई पुनः खोप लगाइने भएको हो ।

जनस्वास्थ्य कार्यालय काठमाडौंले पुन: पोलियो विरुद्धको खोप अभियान चलाउने

जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले असार मसान्तभित्र खोप कार्यक्रम सञ्चालन गर्ने बताए । ‘छुटेका बालबालिकालाई प्रत्येक साता खोप केन्द्रमा लगाइनेछ,’ उनले भने, ‘काठमाडौंका खोला किनारा क्षेत्रमा बसोबास गर्ने कतिपय बालबालिकालाई खोप लगाउन छुटेको अनुमान छ ।’

कार्यालयले जेठमा सञ्चालन गरेको खोप कार्यक्रममा काठमाडौंका ११ स्थानीय तहमा ९७ हजार ३ सय ८० बालबालिकालाई लगाउने लक्ष्य राखेकोमा ९२ हजार ९ सय ९८ बालबालिकाले मात्र लगाएका थिए ।


प्रकाशित : असार ६, २०८१ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×