कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न औषधि व्यवस्था विभागलाई पत्राचार

काठमाडौँ — काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल प्रांगणमा सञ्चालित ‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ । उपभोक्ताको गुनासो आएपछि अनुगमनमा पुगेका महानगरपालिकाको टोलीले उक्त फार्मेसीबाट म्याद गुज्रेको औषधि बिक्री गरेको पाइएको थियो । 

काठमाडौं महानगरपालिकाका अनुसार अनुगमनको क्रममा २ देखि ८ डिग्री सेन्टिग्रेडका बीचमा कायम गर्नुपर्ने भ्याक्सिन र इन्सुलिन १३ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गरिएको पाइएको थियो ।

काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनका अनुसार यसरी राखिएका भ्याक्सिन र इन्सुलिन प्रयोग गर्नाले उपभोक्तालाई नकारात्मक असर पर्न सक्ने भएपछि फार्मेसी पनि बन्द गरिएको छ । ‘औषधिमा मिसावट गर्न, म्याद नाघेका औषधि बेच्न, अरु सामानलाई औषधि भनेर बेच्न पाइँदैन । यसो गरेर ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्मकैद वा १० वर्षसम्म वा जरिवाना हुने कानुनी व्यवस्था छ,’ उनले भनिन् ।

प्रकाशित : असार ४, २०८१ २२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×