कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

क्रिप्टो माइनिङमा संलग्न दुई जना पक्राउ

काठमाडौँ — सीटीइभीटी अन्तर्गतको टीटीको भवनमा रहेको सूचना प्रविधि ल्याबमा क्रिप्टो करेन्सी माइनिङ जस्तो गैरकानूनी कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

क्रिप्टो माइनिङमा संलग्न दुई जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्तिपुर नगरपालिका-१ का ४० वर्षीय विश्वास गुरुङ र भक्तपुर नगरपालिका-७ का २५ वर्षीय राजेन्द्र ताहामतालाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार सीटीइभीटी अन्तर्गतको टीटीको भवनमा रहेका कम्प्युटर तथा सर्भर प्रणालीहरुको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा सर्भर र ६४ वटा डेस्कटप कम्प्यूटरहरुमा क्रिप्टो माइनिङ एप्लिकेसन सञ्चालन भइरहेको पाइएको जनाएको छ ।

गुरुङ र ताहामतालाई भक्तपुरको ठिमीबाट पक्राउ गरी अनुसन्धान थालेको ब्यूरोले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×