कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

भद्रकाली मन्दिर क्षेत्रका पाटी, सत्तल पुननिर्माण हुने 

काठमाडौँ — काठमाडौंको भद्रकाली मन्दिर क्षेत्रमा रहेका पाटी सत्तललगायत संरचनाको पुननिर्माण हुने भएको छ ।

भद्रकाली मन्दिर क्षेत्रका पाटी, सत्तल पुननिर्माण हुने 

काठमाडौं महानगरपालिकाका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालका अनुसार निर्माण व्यवसायीसँग तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ३४ करोड ८० लाख ७१ हजार रुपैयाँमा सम्झौता भइसकेको छ ।

निर्माण कार्य अगाडि बढाउनका लागि काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ ।

सहजीकरण समितिले मन्दिर परिसरका संरचना पुनरुत्थान गर्नेक्रममा अभिलेखन राख्ने, निर्माण सामग्रीको व्यवस्थापनसहित पुननिर्माणको काममा सहजीकरण गर्नेछ ।

साथै मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन तयार पार्न पुरातत्व विभागलाई अनुरोध, अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसँगको समन्वयमा व्यवस्थापन गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×