२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

पत्रकार महासंघको सदस्यता सूचिमा जालझेल भयो, सच्याउ : समाजवादी प्रेस संगठन 

काठमाडौँ — समाजवादी प्रेस संगठनले  नेपाल पत्रकार महासंघको जेठ २६ मा हुने तीनै तहको निर्वाचन पू्र्वप्रकाशित गर्नुपर्ने सूचीमा जालझेल भएको भन्दै  आपत्ति जनाएको छ । संगठनमा अध्यक्ष विश्वमणि सूवेदीले विज्ञप्ति जारी गर्दै जालझेल गरी बनाको सूचिलाई २४ घण्टाभित्र सच्चाउन भनेका छन् । नसच्याए देशभर महासंघमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

पत्रकार महासंघको सदस्यता सूचिमा जालझेल भयो, सच्याउ : समाजवादी प्रेस संगठन 



यसअघि सदस्यता शुद्धिकरणका क्रममा भएका विभेदपूर्ण सिफारिसलाई सच्याउनका निम्ति महासंघले उजुरी छानबिन गर्ने चार सदस्यीय कार्यदल बनाएर काम अगाडि बढाएको थियो ।

सोही कार्यदलका सदस्यहरुको उपस्थितिमा जेठ ८ गते देशभरिको सदस्यता सूची तयार पारिएको थियो । चार सदस्यीय कार्यदलले सदस्यता सूचीलाई अन्तिम रुप दिएपछिको नामावली निर्वाचन समितिलाई बुझाउनुको सट्टा रातारात कतिपय गैरपत्रकारका नाम सदस्यका रुपमा थप्ने, कतिपय नाम हटाउनेजस्ता काम भएको संगठनको आरोप छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x