२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

लुटपाटको अभियोगमा ३ जना पक्राउ

काठमाडौँ — प्रहरीले घट्टेकुलोस्थित ३२ क्याफेमा भएको लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपन बस्ने दोलखा शैलुङ गाउँपालिका १ घर भएका प्रमेश्वर खड्का, रामेछाप मन्थली नगरपालिका ९ का मिलन तामाङ भन्ने विनोद सुन्दास र गोकर्णेश्वर नगरपालिका ५ डेरा गरी बस्ने ओखलढुंगा चिशंखुगढी गाउँपालिका ४ का प्रेम राई रहेका छन् । 

प्रहरीका अनुसार तिनीहरूले एक जनालाई आइतबार राति क्याफेमा बोलाई प्रहरी हौं भनी डर-त्रास देखाई लुटपाट गरी फरार भएको सूचनाको आधारमा न्यूरोडबाट पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन २२, २०८० १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?