कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

भक्तराजको स्वरमा शास्त्रीयताको जादु थियो : राष्ट्रपति पौडेल

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको स्वरमा रहेको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम भएको बताएका छन् । राष्ट्रपति पौडेलले स्वर्गीय आचार्यको शोकाकुल परिवारलाई शुक्रबार समवेदना सन्देश पठाउँदै यस्तो भनेका हुन् ।

भक्तराजको स्वरमा शास्त्रीयताको जादु थियो : राष्ट्रपति पौडेल

'भजन शिरोमणिको उपाधि पाएका भक्तराज नेपाली गीत संगीतको आकाशमा बिर्सनै नसक्ने नाम हो, जसको स्वरको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम थियो,' उनले भनेका छन् ।

शुक्रबार राष्ट्रपति पौडेलको समवेदना सन्देश उनकी सुपुत्री अवज्ञा पौडेल र प्रेस सल्लाहकार किरण पोखरेलले परिवारलाई हस्तान्तरण गरे । 'शास्त्रीय संगीतको तत्त्वलाई आधुनिक गीत संगीतमा मिश्रण गर्ने भक्तराजजीको क्षमताले यो क्षेत्रमा उहाँको बेग्लै पहिचान बनेको छ । कैयौँ भजन, देशभक्ति, आधुनिक र बालगीतमा स्वर तथा संगीत दिएर नेपाली गीत संगीतलाई विशिष्ट उचाइमा पुर्‍याउन उहाँको योगदान अतुलनीय छ,' राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन १८, २०८० १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?