कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिवपुरी निकुञ्ज नजिकै जलेर युवक घाइते, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौँ — शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज नजिकै एक युवक जलेर घाइते भएका छन् ।

शुक्रबार दिउँसो टोखा र तारकेश्वर नगरपालिकाको सीमा क्षेत्रमा नुवाकोट लिखु गाउँपालिका-३ सूर्यमतिका अन्दाजी ३० वर्षीय विकल्प पौडेलले शरीरमा आगो लगाएका थिए । जलेर घाइते भएका उनलाई काठमाडौं प्रहरी वृत्त महाराजगन्जको टोलीले उद्धार गरी अस्पताल ल्याएको हो ।

उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । पौडेलको अनुहार र शरीरका विभिन्न भाग जलेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १८, २०८० १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?