२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

'डीएसपी हुँ' भन्दै कारचालकलाई थर्काउने पक्राउ

काठमाडौँ — काठमाडौंको लाजिम्पाटमा 'डीएसपी हुँ' भन्दै एक कारचालकलाई दुर्व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं जिल्ला प्रहरी परिसरले चुनदेवीका ५२ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।

'डीएसपी हुँ' भन्दै कारचालकलाई थर्काउने पक्राउ

उनलाई सार्वजनिक स्थलमा नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको परिसरले जनाएको छ । श्रेष्ठ नेपाल प्रहरीको बहालवाला र अवकाशप्राप्त कर्मचारी नभएको समेत परिसरले स्पष्ट जनाएको छ ।

प्रकाशित : फाल्गुन ७, २०८० १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?