६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

काठमाडौँमा हत्याका दुई घटना : आरोपी पक्राउ

रासस

काठमाडौँ — काठमाडौँको गौशालास्थित एक होटलमा महिलाको हत्या र टोखाको एक टहरोमा युवकको हत्याका आरोपीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका– ९ गौशालास्थित सिरहा धनुषा होटल एन्ड लजमा हिजो शनिबार एक महिला मृत भेटिएकी थिइन् । एक पुरुषसँग आएकी महिला प्रमिला दमाईँ कोठामै मृत भेटिएकी थिइन् भने उनीसँगै आएका पुरुष फरार थिए । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

शनिबार नै काठमाडौँको टोखास्थित एक टहरोमा दिपेश खड्का मृत भेटिएका थिए । उनको पनि हत्या भएको आशंमा अनुसन्धान टोली खटाइएकोमा दुवै घटनाका आरोपी पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ तर आरोपीहरुको पहिचान खुलाइएको छैन ।

उक्त दुवै घटनाको विषयमा सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमुद ढुंगेलले बताए ।

प्रकाशित : माघ २८, २०८० २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महासमिति बैठकमा नागरिकका मुद्दा छाडी सत्ताबारे मात्रै बहस गर्ने कांग्रेसी नेताबारे तपाईंको के टिप्पणी छ ?