कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

नापी कार्यालय कलंकीका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुससहित नापी कार्यालय कलंकीका सर्भेक्षकसहित २ जनालाई मंगलबार नियन्त्रणमा लिएको छ । 

सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गर्दा नापी कार्यालय, कलंकीका सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्रमणी पोखरेललाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट घुसबापत् लिएको एक लाख रुपैयाँ रकम समेत बरामद गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार जुम्ला घर भई हाल बुढानीलकण्ठ बस्दै आएका चौलागाईको साथबाट ४५ हजार रुपैयाँ बरामद भएको थियो । त्यस्तै, लेखापढी कर्मचारी पोखरेलका साथबाट ५ हजार र उनको कार्यालयको घर्राबाट ५० हजार रुपैयाँ रकम बरामद भएको छ ।

प्रकाशित : माघ २४, २०८० १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?