११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

खानी अध्ययन गर्न समिति गठन

काठमाडौँ — ललितपुरको गोदावरी नगरपालिका–७ देवीचारैमा राष्ट्रिय वन मासेर भइरहेको अवैध उत्खनन र सार्वजनिक जग्गा मिचेर सञ्चालन गरेको क्रसर उद्योगबारे छानबिन गर्न समिति बनाइएको छ । 

खानी अध्ययन गर्न समिति गठन

जिल्ला वन कार्यालय ललितपुरका प्रमुखको संयोजकत्वमा नापी र मालपोत कार्यालयका प्रतिनिधि रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

जिल्ला खानी अनुगमन समिति जिल्ला समन्वय समिति (जिसस) ललितपुरका प्रमुख देव फुयाँलको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, ललितपुर प्रहरी प्रमुख, गोदावरी नगरपालिकाका प्रतिनिधिसहित बिहीबार सम्पन्न बैठकमा तीन महिनाभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएको जिसस ललितपुरले जनाएको छ ।

जिल्ला समन्वय अधिकारी दिनेशप्रसाद थानीले छानबिन समितिले काम थालिसकेको बताए । ‘मिडिया र स्थानीयको पटक-पटक गुनासो आएका कारणले सत्य-तथ्य बुझ्न छानबिन समिति गठन गरेका हौं,’ उनले भने ।

स्थानीयले उक्त क्षेत्रमा अवैध उत्खनन रोक्न खानी विभागमा उजुरी दिएपछि विभागले स्थलगत अध्ययन गरी राष्ट्रिय वन उत्खनन एवं सार्वजनिक जग्गामा क्रसर सञ्चालन गरेको, विभागीय सहमति/सर्त पालना नगरेको भन्दै कानुनबमोजिम कारबाही गर्न स्थानीय पालिका, जिल्ला प्रशासन कार्यालय र ललितपुर प्रहरी प्रमुखलाई पत्राचार गरेको थियो । स्थानीयका अनुसार अवैध उत्खनन गरिएको गोदावरी नगरपालिका–७ देवीचौर क्षेत्रमा मात्रै ३ सय ९४ रोपनी जग्गा राष्ट्रिय वन पर्छ ।

प्रकाशित : मंसिर २४, २०८० २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?