१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

रुसी सेनामा लैजाने आरोपित १० जना पक्राउ

काठमाडौँ — नेपाली युवालाई रुसी सेनामा भर्ती गराउने गिरोहका आरोपित १० जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबारयता काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

रुसी सेनामा लैजाने आरोपित १० जना पक्राउ

यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । ‘नियन्त्रणमा लिएका व्यक्तिको सम्बन्धमा अध्ययन भइरहेको छ । प्रस्ट रूपमा सूचना संकलन भएपछि सार्वजनिक गर्नेछौं,’ उनले भने, ‘अहिलेसम्म हामीले नियन्त्रणमा लिएका कसैको पनि नाम सार्वजनिक गरेका छैनौं ।’

रुसी सेनामा भर्ती भएका ६ नेपाली युवा युक्रेनसँगको युद्धमा मारिएका छन् । रुसी सेनामा अझै दुई सयभन्दा बढी युवा भर्ती भएको अनुमान गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य भिसामा गएका वा भारतीय बाटो हुँदै, खाडी तथा मलेसियालगायत मुलुकबाट गएका युवा रुसी सेनामा भर्ती हुने गरेको पछिल्ला घटनाले पुष्टि भएको छ । यी विभिन्न बाटो हुँदै विदेशबाट नेपाली युवालाई रुस पुर्‍याउन गिरोह नै सक्रिय रहेको अनुसन्धान स्रोतको भनाइ छ ।

नेपाल सरकारले भने रुस जानका लागि नेपालीलाई कडाइ गरिसकेको छ । सरकारले नेपालीलाई रुसी सेनामा भर्ती नगर्न र भर्ती भएका युवालाई समेत फिर्ता पठाउन रुसलाई कूटनीतिक नोट पठाइसकेको छ । सरकारले यसअघि साउन १६ मै नेपाली नागरिकलाई विदेशी सेनामा भर्ना सम्बन्धमा परम्परागत रूपमा रहेको सम्झौता (भारत र बेलायत) बाहेक अन्य विदेशी मुलुकमा कुनै स्पष्ट नीति नभएको उल्लेख गरेको थियो । तर, नेपालमा रहेका गिरोहले रुसी सेनामा बढी पैसा कमाउने भन्दै युवालाई रुस पुर्‍याउने गरेका छन् ।

प्रकाशित : मंसिर १९, २०८० २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?