११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

काठमाडौंमा बाँसुरी प्रतियोगिता, विजेतालाई एक लाख ५० हजार पुरस्कार

काठमाडौँ — काठमाडौं महानगरपालिकाले २९ औं महानगर दिवसको सन्दर्भमा बाँसुरी प्रतियोगिता गर्ने भएको छ ।महानगर स्वर्णीम योजनाअन्तर्गत सांस्कृतिक महानगर कार्यक्रममार्फत् परम्परागत वाद्य सामाग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले महानगरपालिकाले बाँसुरी प्रतियोगिता आयोजना गरेको हो । 

काठमाडौंमा बाँसुरी प्रतियोगिता, विजेतालाई एक लाख ५० हजार पुरस्कार

महानगरपालिकाले प्रतियोगितामा विजेतालाई एक लाख ५० हजार रुपैयाँसहित पुरस्कृत गर्ने घोषणा गरेको छ । त्यस्तै, दोस्रो हुनेलाई एक लाख रुपैयाँ र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ सहित शिल्ड प्रदान गरिने जनाएको छ ।

प्रतियोगितामा भाग लिन आवेदनकालागि महानगरपालिकाले २० मंसिरसम्मको अवधी तोकेको छ ।

प्रतियोगिता २७ मंसिरमा राष्ट्रिय सभागृहमा सञ्चालन हुनेछ ।

प्रकाशित : मंसिर १३, २०८० १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?