कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

भक्तपुरमा क्लिनिकल स्किल लर्निङ सेन्टर

भक्तपुर — भक्तपुरको सूर्यविनायक–४ गपलीमा घरपालुवा जनावरसम्बन्धी क्लिनिकल स्किल लर्निङ सेन्टर सञ्चालनमा आएको छ ।

भक्तपुरमा क्लिनिकल स्किल लर्निङ सेन्टर

अपरेसन थिएटरसहित करिब एक करोड रुपैयाँ लागतमा सञ्चालनमा आएको लर्निर्र्ङ सेन्टरमा पशु चिकित्सा अध्ययन गरेकाहरूलाई पशुहरूको उपचार विधि, हेरचाह, भ्याक्सिनेसन, खानालगायत सम्बन्धी तालिम दिइने सेन्टरले जनाएको छ । सेन्टर सञ्चालनमा आएसँगै पशुचिकित्सा अध्ययन गरेपश्चात् महँगो शुल्क तिरेर तालिमकै लागि भारत, चीनलगायत देशमा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

नेपाल भेटेरिनरी काउन्सिलका रजिस्टार डा.मनोजकुमार शाहीले मानिसमा लाग्ने धेरै रोगहरू पशुपन्छीबाट सर्ने गरेकाले पशुचिकित्साले मुलुकको स्वास्थ्य क्षेत्र सुधारमा धेरै योगदान पुर्‍याउन सकिने बताए ।

नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा.केदार सुवेदीले लर्निङ सेन्टर स्थापनाले शैक्षिक तहमा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरे । लर्निङ सेन्टरका सञ्चालक डा.प्रणवराज जोशीले सेन्टरमा आधारभूतदेखि एड्भान्स कोर्स १ देखि १५ दिनसम्मको रहेको बताए ।

प्रकाशित : मंसिर १३, २०८० २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?