११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

लागु औषधीसहित दुईजना पक्राउ

काठमाडौँ — चन्द्रागिरि नगरपालिका २ स्थित चेक प्वान्टबाट लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ  झापाको बुधबारे गाउँपालिका ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका ३ का ३९ वर्षीय हरिबहादुर बिकलाई पक्राउ गरिएको हो । 


भद्रपुरबाट काठमाडौं आइरहेको बसलाई प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई अन्डरवेयरभित्र तीन वटा पोकामा लुकाइ ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो ।

इलामको माई नगरपालिका ३ चियाकमानबाट लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ दुई ग्राम तीन सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय सुदीपकुमार दनुवारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दानाबारीबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित : मंसिर १२, २०८० १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?