११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

लैंगिक हिंसाविरुद्धको अभियानलाई अमेरिकी दूतावास र यूएन वुमनको पहल

काठमाडौँ — नेपालस्थित अमेरिकी दूतावास र संयुक्त राष्ट्र संघको वुमनको युनाइट (जुटौं) अभियानले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानलाई अघि बढाउन पहल गरेका छन् । दूतावासले लैंगिक हिंसा बिनाको भविष्यका लागि राजदूत डिन थम्पसनसँग उभिनुहोस् भन्दै आफ्नो सोसल साइटमा पोष्ट गरेको छ ।

लैंगिक हिंसाविरुद्धको अभियानलाई अमेरिकी दूतावास र यूएन वुमनको पहल

दूतावास र यूएन वुमनले ‘हाम्रो संसारमा लैंगिक हिंसाको लागि कुनै ठाउँ छैन र हामीले महिलाहरुमाथि हुने हिंसा रोक्ने कार्यक्रम सहयोग गर्नुपर्छ’ भन्दै यसलाई अझ धेरै माझ पुर्‍याउन सबैलाई सामेल हुन आग्रह गरेको छ ।

‘यो १६ दिने अभियानमा हामीसँग सामेल भएर यस सम्बन्धित महत्वपूर्ण जानकारीहरु सेयर गर्नुहोस् र लैंगिक विभेदमा आधारित हिंसाको अन्त्य गर्न मद्दत गर्नुहोस्,’ दूतावासको भनाइ छ ।


प्रकाशित : मंसिर १२, २०८० २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?