कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

सबस्टेसनमा प्रहरी पोस्ट राख्न खोज्दा झडप

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको लप्सीफेदीमा निर्माण गर्न लागेको सबस्टेसनको सुरक्षाका लागि सशस्त्र प्रहरीको बेसक्याम्प र नेपाल प्रहरीको पोस्ट स्थापना गर्न खोज्दा स्थानीयसँग झडप भएको छ ।

प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोस्ट स्थापना गर्न लागिएको थियो । त्यस क्रममा स्थानीय र प्रहरीबीच भएको झडपमा डीएसपी देवराज राईसहित चार जना सुरक्षाकर्मी घाइते भएका छन् ।

सबस्टेसन निर्माण गर्न लागिएको ठाउँमा स्थानीयले जग्गाको मुआब्जा पाइसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जनाए । तर स्थानीयको माग भने बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने रहेको उनको भनाइ छ । प्रहरीले लप्सीफेदीमा भएको झडपमा संलग्न भएको भन्दै शुक्रबार बेलुका ४ जना र शनिबार बिहान १० जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रणजित तामाङ, जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवालगायत छन् ।

प्रकाशित : मंसिर ३, २०८० ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?