कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

साहित्यकार शान्तदास मानन्धरको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको साहित्यकार प्रा. जगत् उपाध्यायले राससलाई बताए ।

साहित्यकार शान्तदास मानन्धरको निधन

स्वर्गीय मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित भएका थिए ।

साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवं प्रकाशन गरेका थिए । छ दशकभन्दा लोमो समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गरेका उनले राणा शासनदेखि नै बालखुराक पस्कदै आएका थिए ।

साहित्यकार उपाध्यायका अनुसार मानन्धरको अन्त्येष्टि भोलि गरिनेछ ।

प्रकाशित : कार्तिक २८, २०८० २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?