कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

फूलमाला बिक्री गर्न काठमाडौंमा ४ ठाउँ तोकियो

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले फूलमाला बिक्रीका लागि ४ स्थान तोकेको छ । तिहारलाई लक्ष्य गरी महानगरपालिकाले भृकुटीमण्डप, भ्याली कोल्डस्टोर प्रांगण बालाजु, कोटेश्वर तीनकुने चौर र हाँडीगाउँ, कृष्ण मन्दिर परिसरमा मात्रै फूलमाला बिक्री गर्न पाइने जनाएको छ ।

फूलमाला बिक्री गर्न काठमाडौंमा ४ ठाउँ तोकियो

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले नेपाली उत्पादनको प्रवर्द्धन गर्न ४ स्थान तोकेको हो ।

विगतमा बाटोको दायाँबायाँ किनारामा राखी फूलमाला बिक्रीवितरण गरिँदै आएको थियो । यस वर्ष महानगरले फुटपाथमा राखी बिक्रीवितरण गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको हो । तोकिएको स्थानभन्दा अन्यत्र बिक्री गरेको पाइए नगर प्रहरीले फूलमाला जफत गर्ने जनाएको छ ।

प्रकाशित : कार्तिक २७, २०८० ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?