कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

सडकमा फूल बेचिरहेकालाई काठमाडौं महानगरले पुर्‍यायो भृकुटीमण्डप

कान्तिपुर संवाददाता

काठमाडौँ — व्यस्त सडक र सहरका चोकमा तिहारका लागि फूल बिक्री गरिरहेका किसान र व्यापारीलाई काठमाडौं महानगरपालिकाले भृकुटीमण्डप पुर्‍याएको छ । तिहारका लागि फूल बेचिरहेकालाई काठमाडौं महानगरपालिकाले खटाएका नगर प्रहरीले ट्रकमा राखेर भृकुटीमण्डप पुर्‍याएको हो ।

सडकमा फूल बेचिरहेकालाई काठमाडौं महानगरले पुर्‍यायो भृकुटीमण्डप

तिहारलाई लक्षित गरेर फूल बेचिरहेका किसान र साना व्यवसायीलाई महानगरपालिकाले तोकिएका बिक्रीस्थलहरूमा मात्रै कारोबार गर्न निर्देशन दिएको थियो । महानगरपालिकाले भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणलाई फूल बिक्रीस्थल तोकेको छ । आइतबार न्यूरोड क्षेत्रमा फूल बेचिरहेकाहरूलाई महानगरपालिकाले गाडीमा हालेर भृकुटीमण्डप पुर्‍याइदिएको हो ।

नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्ससँग समेत संयुक्त पहल गरेर फूल बिक्रीस्थल तोकिएको महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली फूल उत्पादकलाई फूल बेच्न प्रोत्साहन गर्दै खाली ठाउँमा फूल किनबेचको वातावरण मिलाएको बताए । ‘हामीले नेपाली फूल उत्पादकलाई फूल बेच्न अवरोध गर्दैनौँ । नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिनेछ,’ उनले भनेका छन् ।

मेयर शाहले स्वदेशी फूलको खपतका लागि सहज होस् भन्ने हिसाबले महानगरपालिकाले फूल बिक्रीस्थल व्यवस्थापन गरेको बताए ।

प्रकाशित : कार्तिक २६, २०८० १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?