तिलगंगामा धारिलो हतियार प्रहारबाट एक सख्त घाइते, घटनास्थलबाट पेस्तोल बरामद

काठमाडौँ — बारा कलैया नगरपालिका-२१ घर भई कोटेश्वर बस्ने अन्दाजी ३८ वर्षका साबिर हुसेनमाथि हतियार प्रहार भएको छ । सोमबार काठमाडौंको तिलगंगास्थित वाग्मती करिडोरमा रहेको एक घरमा उनीमाथि धारिलो हतियार प्रहार भएको हो ।
दाहिने तिध्रा र ढाडमा धारिलो हतियार प्रहारपछि सख्त घाइते हुसेनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेश मैनालीका अनुसार घटनास्थलबाट एउटा पेस्तोल बरामद भएको छ । उक्त पेस्तोल कसको हो खुलेेको छैन । हुसेनमाथि आक्रमण गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
