मेडिसिटी अस्पतालको २ करोड ६३ लाख ठगी गरेको आरोपमा तीन पूर्वकर्मचारी पक्राउ 

काठमाडौँ — नेपाल मेडिसिटी अस्पतालको दुई करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जना पूर्वकर्मचारीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा दोलखा भिमेश्वर नगरपालिका–४ घ रभई मध्यपुर थिमि बस्ने अस्पतालका पूर्वकर्मचारी (कार्यकारी आईपी बिलिङ्ग) को रूपमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुर गोदावरी नगरपालिका–११ चापागाउँका २९ वर्षीय सनम देशार र काठमाडौं महानगरपालिका–४ बालुवाटारका ३४ वर्षीय आशिष अर्याल छन् ।

अस्पतालको नख्खु ललितपुरस्थित बिलिङ सेक्सनमा काम गर्ने उनीहरूले अस्पतालमा प्रयोग हुँदै आएको ‘शुक्रा’ नामको ‘एचएमआईएस सफ्टवेयर’ को दुरुपयोग गरी बिरामीहरूबाट बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिने र बिरामीबाट लिएको शुल्क भन्दा कम शुल्क ‘सफ्टवेयर डीएफ इन्ट्रीमा देखाई ठगी गरी घाटा पुर्‍याएको अस्पतालको आरोप छ ।

अस्पतालको २ करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरी घाटा पुर्‍याएको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए । उक्त घटनामा संलग्नको आरोपमा उनीहरूलाई आपराधिक लाभ तथा अपराधिक विश्वापसघातसम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २४, २०८० १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?