कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘लिभिङ टुगेदर’ मा बस्दै आएकी युवतीको कुटपिट गरी हत्या

काठमाडौं — काठमाडौं महानगरपालिका २६ ठमेल भगवती बहालस्थित ६ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएकी २६ वर्षीया युवतीको कुटपिट गरी हत्या भएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो चितवन राप्ती नगरपालिका–७ घरभई भगवती बहालस्थित सुन्दर कार्कीको चारतले घरको दोस्रो तलामा बस्दै आएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो । 

तामाङलाई उनीसँगै लिभिङ टुगेदरमा बस्दै आएका काभ्रे धुलिखेल नगरपालिका १० का ३० वर्षीय अमर रञ्जितकारले कुटपिट गरेको र उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । मादक पदार्थ सेवन (मापसे) गरी आपसमा सामान्य विवादपछिको झै–झगडा हुँदा रञ्जितकारले तामाङलाई कुटपिट गरेको र उपचार गराउनसमेत आफैंले अस्पताल पुर्‍याएको पाइएको एसपी रिजालले बताए ।

मंगलबार दिउँसो साढे ३ बजे तामाङको उपचारका लागि महाराजगञ्जस्थित अस्पतालमा पुर्‍याइएको र साँझ ७ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रञ्जितकारलाई मंगलबार नै पक्राउ गरी प्रहरी वृत्त लैनचौरबाट आवश्यक अनुसन्धान थालेको एसपी रिजालले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २४, २०८० १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?