कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रेस लेखिएको गाडीमा राजश्व छलीका सामान, २ जना पक्राउ 

काठमाडौँ — पिकअप गाडीमा प्रेस लेखिएको स्टिकर टाँसेर राजश्व छलीका अवैध सामान ओसारपसार गरिएको पाइएको छ । प्रहरी वृत्त चापागाउँबाट नियमित चेकिङका लागि खटिएको प्रहरी टोलीले प्रेस लेखिएको स्टिकर टाँसेको वाग्मती प्रदेश ०१–०२६ च ८९८० नम्बरको पिकअप गाडीबाट करिब २५ लाख रुपैयाँ बराबरको राजश्व छलीका अवैध सामान बरामद गरेको छ । 

प्रेस लेखिएको गाडीमा राजश्व छलीका सामान, २ जना पक्राउ 

प्रहरीले उक्त पिकअप गाडी चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–१४ डुम्बरवानाका ३४ वर्षीय दीपकप्रसाद लामिछाने र सोही गाडीमा सवार भारत बिहार राज्य, मोतिहारी जिल्ला, छतौनी ग्राम पञ्चायत–११ का २८ को सचिनकुमार चौरसियालाई पक्राउ गरेको छ ।

आइतबार राति प्रेस लेखिएको स्टिकर टाँसेको सवारी साधनभित्र म्याद सकिएको प्रेस परिचयपत्रबाहक सवार उनीहरुले बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खा, कत्थालगायत करिब २५ लाख रुपैयाँ बराबरको सामान ल्याएको पाइएको हो ।

प्रहरी वृत्त चापागाउँ प्रमुख डीएसपी कृष्ण चन्दका अनुसार प्रहरीले उनीहरु सवार वाग्मती प्रदेश ०१–०२६ च ८९८० नम्बरको पिकअप गाडी, राजश्व छली ल्याएका सामान, अन्य व्यक्तिको नामको म्याद गुज्रिएको प्रेस पास ३ थान बरामद गरेको छ । प्रहरीले बरामद गाडी, सामानसहित दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन पुल्चोक पठाइएको जनाएको छ ।

प्रकाशित : जेष्ठ २२, २०८० १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?