भक्तपुरमा ११ औं व्यक्तिको कलेजो प्रत्यारोपण

भक्तपुर — सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औं व्यक्तिमा कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । दाङ जिल्लाका ४२ वर्षीय बाबुराम विश्वकर्मालाई उनकी श्रीमती ३७ वर्षीय आशा सुनारले आधा कलेजो दान गरेकी थिइन् । मुलुकमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले हालसम्म ११ जनाको प्रत्यारोपण गरिसकेको हो । 

भक्तपुरमा ११ औं व्यक्तिको कलेजो प्रत्यारोपण

प्रत्यारोपण शल्यक्रियाको नेतृत्व कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक एवं केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले गरेका थिए । भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालबाट आएको टोलीले समेत प्रत्यारोपणमा सहयोग गरेको थियो ।

प्रत्यारोपण केन्द्रमा हालसम्म ८ जनामा जीवित दाताबाट र ३ जनामा मस्तिष्क मृत्युबाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रमा १५ लाख रुपैयाँमा कलेजो प्रत्यारोपण हुने गरेको छ ।

प्रकाशित : जेष्ठ १९, २०८० २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?