महिला अरोहीले सगरमाथा चुचुरोमा पुर्‍याइन् राष्ट्रपति पौडेलको तस्बिर

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर पहिलो पटक सगरमाथाको चुचुरोमा पुर्‍याउने महिला आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलले भेटेर बधाइ दिएका छन् ।

महिला अरोहीले सगरमाथा चुचुरोमा पुर्‍याइन् राष्ट्रपति पौडेलको तस्बिर

बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा आफ्नो तस्बिर विश्वकै अग्लो चुचुरो सगरमाथामा पुर्‍याएर 'सप्राइज' दिएको भन्दै उनले महिला आरोहीको साहस र आँटको प्रशंसा गरे । उनले हिमाल अरोहणमा नेपाली महिलाहरुको भूमिका महत्त्वपूर्ण रहेको भन्दै राष्ट्रको सम्मानको लागि आरोहीहरुले खेलेको भूमिका महत्त्वपूर्ण रहेको पनि बताए ।

हिमाल आरोही महिला याङ्जी शेर्पाले आफूले सप्राइज दिनकै लागि राष्ट्रपति पौडेलको फोटो थाहै नदिई चुचुरोमा पुर्‍याउन पाउँदा खुसी लागेको भन्दै राष्ट्रपति पौडेलको तस्बिर हस्तान्तरण गरिन् । संखुवासभा मकालु गाउँपालिकाकी याङ्जीले पौडेल राष्ट्रपति हुनुअघि नै नयाँ राष्ट्रपतिको तस्बिर सगरमाथाको चुचुरोमा पुर्‍याउने संकल्प लिएकी थिइन् ।

अन्य साना कुनै पनि चुचुरो नचढी याङ्जीले एकै पटक सगरमाथाको सफल आरोहण गरेकी हुन् । एकै पटक हिमाल अरोहण चुनौतीपूर्ण भए पनि प्रतिकूल मौसम र हिम पहिरोको बावजुद राष्ट्रपति पौडेलको तस्बिर र नेपालको नयाँ नक्सा एकैपटक सगरमाथाको चुचुरोमा पुर्‍याउन पाउँदा गौरव लागेको आरोहीले बताएकी छन् ।

कार्यक्रममा संखुवासभाका सांसद दिपक खड्काले हिमाल आरोहणमा नेपाली महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए ।

प्रकाशित : जेष्ठ १७, २०८० २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?